काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सरकारले ल्याएको बजेट र गणतन्त्र उस्तै-उस्तै काम नलाग्ने भइसकेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरू स्विकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर बढेन भने यो देशमा गणतन्त्र रूपी गाडीको तेल सकिसकेको अवस्था छ । गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामी किन नयाँ सोचका साथ अगाडि बढेनौँ ।’
सांसद पाण्डेले देशलाई सङ्कटबाट जोगाउन गम्भीर हुन सबै शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।