९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रकम ठगी वा असुली कार्यमा संलग्न आठजना पक्राउ

अ+ अ-

रौतहट । रौतहट प्रहरीले विभिन्न प्रलोभन वा आश्वसन दिएर रकम ठगी वा असुली कार्यमा संग्लन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले माधवनारायणबाट ६ र गौरबाट दुई जनालाई पक्राउ गरेको हो ।

विपन्नलाई नयाँ घर बनाइदिने प्रलोभन देखाएर गाँउमा रकम ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ । माधवनारायण नगरपालिका ७ लौकाहा गाउँ बस्ने ५२ बर्षीय रामनाथ माझी, ३२ बर्षीय प्रकाश माझी, गरुडा नपा ९ गेडहीगुठीका २५ बर्षीय सिकिन्द्र ठाकुर लोहार, वडा नम्वर ५ शिवनगरका ७१ बर्षीय मुगलाल महरा, वडा नम्वर ९ का ४५ बर्षीया रामकली देवीलाई पक्राउ गरेको हो ।

गरिव असहाय एवं विपन्न समुदायका मानिसलाई विभिन्न प्रलोभन देखाउँदै रकम ठगी गर्ने गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी एलिजा गिरीका अनुसार माधवनारायण नगरपालिका–८, रजवडा टोलका स्थानीय विपन्न वर्गका मानिसहरूलाई आवास बनाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि नियन्त्रणमा लिएको हो । मधेश प्रदेशको सहरी विकास मन्त्रालयबाट गरिब र विपन्न वर्गका घर परिवारलाई आवास बनाइदिने कार्यादेश प्राप्त भएको भनी विभिन्न प्रलोभन देखाई प्रतिघर दश हजारदेखि चालीस हजार रुपैयाँसम्म रकम उठाएको आरोपमा पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाई दिने भन्दै रकम असुल्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

यातायात व्यवस्था कार्यालय गौरबाट सेवाग्राहिलाई सवारी लाईसेन्स बनाई दिने भन्दै रकम मागेको आरोपमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका–१ बस्ने ४८ वर्षीय श्याम नारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
राजदेवी नगरपालिका वडा नं. २ स्थित रहेको ट्रायल सेन्टरमा पुगेर परीक्षामा उर्तिण गराई लाइसेन्स बनाइदिने आश्वासन दिने गरेको पाइएको प्रहरीले जारी गरेको प्रेस नोटमा भनिएको छ । उनीहरुले १० हजारदेखि ३० हजार सम्म असुल्ने गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो । कार्यालयबाट स्कुटर, जीप, कार, टेम्पु, ट्याक्टर लगायतका सवारी साधनको सवारी चालक अनुमति पत्र वितरण तथा सवारी साधनको नविकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्य हुदै आएको छ ।

कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएकाले बिचौलियाहरुसँग सम्पर्क नगर्न र प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस