२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवतामाथि जलवायु प्रभाव डायनासोर समाप्त हुने उल्कापिण्ड जस्तै : राष्ट्रसङ्घ प्रमुख

अ+ अ-

 न्युयोर्क । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बुधबार पृथ्वीको विनाशकारी तापक्रममा मानव जातिको भूमिका डायनासोरलाई लोप गराउने उल्कापिण्ड समान भएको बताएका छन् । 

उनले जीवाश्म इन्धनको विज्ञापनमाथि प्रतिबन्धसहित द्रुत कदम चाल्न आह्वान गरे । “अर्बौं वर्षमा पृथ्वीमा जीवनको आकार दिने शक्तिहरूमध्ये मानवता राडारमा एउटा सानो झट्का मात्र हो”, न्युयोर्कमा अमेरिकन म्युजियम अफ नेचुरल हिस्ट्रीमा उनले भने, “तर डायनोसरलाई मेटाउन उल्कापिण्डले जस्तै हामीले ठूलो प्रभाव पारिरहेको छौँ ।”

“जलवायु मामिलामा हामी डायनोसर होइनौँ, हामी उल्कापिण्ड हौँ, हामी खतरामा मात्र छैनौँ, हामी खतरा हौँ”, उनले भने । 

महासचिव गुटेरेसले युरोपेली आयोगको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसले बुधबार आधिकारिकरूपमा सन् २०२४ मेमा रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तातो भएको रिपोर्ट गर्ने बताए । 

“यो अहिलेसम्मको सबैभन्दा तातो महिनामध्येको लगातार १२ महिना हो”, उनले भने । यद्यपि उनले आशावादीरूपमा मानव ‘समाधान’ पनि हो भन्दै तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियससम्म सीमित गर्नका लागि ठोस कारबाही चाल्न पुनः आग्रह गरे । 

महासचिव गुटेरेसले करिब एक दशक पुरानो पेरिस सम्झौताको सबैभन्दा महत्त्वाकाङ्क्षी उक्त लक्ष्य ‘धेरै खतरनाक अवस्थामा रहेको’ बताए । 

विश्वव्यापी वार्षिक औसत तापक्रम आगामी पाँच वर्षमा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत रहेको रिपोर्ट दिन राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठन बुधबार तयार रहेको उनले बताए । 

“सन् २०२० को दशकमा एक दशमलव पाँच डिग्रीको लडाइँ जितिने वा हारिने भन्ने आजका नेताहरूको निगरानीमा भर पर्छ, विशेषगरी आगामी १८ महिनामा नेताहरूले लिने निर्णयमा भर पर्छ”, उनले भने । 

पेरिस सम्झौतामा हस्ताक्षर गर्ने मुलुकहरूले सन् २०२५ को प्रारम्भसम्ममा नयाँ हरित गृह ग्यास उत्सर्जन कटौतीको लक्ष्य प्रस्तुत गर्नुपर्नेछ ।