२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेरामक्स प्रकरणमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनैपर्छ : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । टेरामक्स प्रविधिका उपकरण खरिदमा भ्रष्टाचार गर्ने जोसुकै भएपनि सजायको भागीदार हुनै पर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचारबारे के भइरहेको छ ? भनेर मन्त्री शर्मासँग जवाफ मागेका थिए ।

सुरक्षण मुद्रण सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा सांसद सुवालले एनसेलको करछली र टेरामक्स प्रविधि खरिद भ्रष्टाचारका विषयमा प्रश्न गरेका थिए । ‘एनसेलको पनि भ्रष्टाचारको कुरा आएको थियो । टे्रामक्सको पनि विषय आएको थियो । यो विषयमा मन्त्रीले के गरिरहनुभएको छ ? मन्त्रीले जवाफ दिनुभए राम्रो हुन्थ्यो ।’

जवाफमा मन्त्री शर्माले उक्त विषय छानबिनकै क्रममा रहेकाले धेरै कुरा बोल्न सकिने अवस्था नरहेको बताइन् ।

छानबिनका विषय नियामक निकायहरूले अगाडि बढाइरहेकाले थप बोल्न नसकिने मन्त्री शर्माको भनाइ थियो । सरकारले यस्ता प्रकरणमा कुनै कमजोरी नगर्ने गरी अगाडि बढिरहेको मन्त्री शर्माको भनाइ थियो ।

टेलिफोन सेवा प्रदायक संस्था एनसेलबारे सोधिएको प्रश्नको जवाफमा मन्त्री शर्माले भनिन्, ‘एनसेलको विषयमा सरकारले क्याबिनेटबाट छानबिन समिति गठन गर्‍यो । छानबिन समितिले सरकारलाई सुझाव दियो । त्यो सुझावका आधारमा सरकारले सञ्चार मन्त्रालय र दूरसंचार प्राधिकरणलाई पत्राचार र सर्कुलर गरेको छ । त्यो अनुसार हामी अगाडि बढ्न खोज्दैछौं । हामीले यसमा राष्ट्र र जनताको हित हुने गरेर कामहरू अगाडि बढाउनेछौँ ।