काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बिहीबार तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ४१ हजार २ सयमा किनबेच भइरहेको छ ।
त्यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै, चाँदी तोलाको १ हजार ८ सयमा कारोबार भइरहेको छ । बिहीबार तोलाको १ हजार ८ सय १० रुपैयाँ थियो ।







