काठमाडौँ। लोक सेवा आयोगले उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जनाएको हो ।
आयोगको विज्ञापन नं १६६८८/०८०/८१ (महिला), लेखापरीक्षण सेवा, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
आयोगले अर्को चरणका लागि ३ जनाको नाम सिफारिस गरेको छ भने एक हप्ताभित्र अन्तरवार्ताका लागि सम्पर्क गर्न भनेको छ ।
हेर्नुहोस् नतिजा :
