२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा पुस्तामा विदेश जाने हुटहुटी चलेको छ : पूर्वप्रधान न्यायाधीश कार्की

अ+ अ-

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले नयाँ पुस्तामा घर बेचेरै भएपनि विदेश जाने लहर चलेको धारणा व्यक्त गरेकी छन् ।  

प्रा. डा. सुरेन्द्र केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा उनले पछिल्लो समय युवामा कक्षा १२ पढेपछि जसरी पनि विदेश जाने मानसिकता हाबी भएको उल्लेख गरिन्। 

उनले भनिन्, “विद्यार्थीमा मात्रै होइन अभिभावकमा पनि छोराछोरीलाई जसरी भए पनि विदेश पढाउने हुटहुटी चलेको छ, तर पहिले यस्तो थिएन ।” उनले प्रा. डा. केसीद्वारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ पठनीय भएको भन्दै पुस्तकमा समेटिएका विषय मननयोग्य भएको उल्लेख गरिन् । विसं २०१२ सालदेखि अहिलेसम्म कति ठूलो परिवर्तन आयो, पहिले र अहिलेको पढाइको अन्तर पुस्तकमा समेटिएको उनको भनाइ थियो । 

लेखक प्रा. डा. केसीले ५० लाखभन्दा धेरै जनसङ्ख्या देश बाहिर रहेको अवस्थामा मुलुकमा संकट आए कसले बचाउने भन्दै प्रश्न गरे । उनले यी विषय पनि पुस्तकमा समेटिएको उल्लेख गरे । उनले भने, “मैले विभिन्न विषय समेटेर यो पुस्तक लेखेको छु, विचार के हो ? सिद्धान्त के हो ? पुस्तकमा समेट्ने प्रयास गरेको छु ।” 

पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता भीम रावलले प्रा. डा. केसीको पुस्तक युवा पुस्ताका लागि उपयोगी भएको भन्दै शुभकामना दिए। पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धर, सविता बस्नेत केसी, चिकित्सक सुन्दरमणि दीक्षितले प्रा. डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’बारे धारणा राख्दै शुभकामना समेत दिएका थिए । 

आयोजक सुनौलो नेपाल अनलाइनका कार्यकारी अध्यक्ष मोहराज पौडेलले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका प्रा. डा. केसी नेपालको राजनीतिक एवं सामाजिक क्षेत्रमा बुद्धिजीविका रूपमा स्थापित भएको बताए । “भ्रष्टाचार माथिबाट बढार्नुपर्छ भने झैँ प्रा. डा. केसीले भ्रष्टाचारजन्य विकृतका लागि ठूला नेतामाथि औला ठड्याउँदै आउनुभएको छ”, उनले भने, “प्रा. डा. केसीको यस पुस्तक नेपाली समाज र राजनीति बुझ्न चाहने सबैका लागि महत्त्वपूर्ण दस्ताबेजमा विश्वास छ ।”