काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले लेखा परीक्षण सल्लाहकार समिति गठन गरेका छन् ।
महालेखा परीक्षकको काम कारवाहीलाई अझ विश्वसनीय बनाउन र लेखा परीक्षणको गुणस्तर बढाउन यो समितिले काम गर्ने कार्यालयले जनाएको छ ।
महालेखा परीक्षक रायाको संयोजकत्वमा गठन भएको समितिमा सदस्यहरू पूर्व सचिवहरू र विज्ञहरू रहेका छन् । समितिमा लिलामणि पौड्याल, कृष्णहरि बास्कोटा, बच्चुराम दाहाल, रामेश्वर खनाल, मधुरमण आचार्य, किशोर थापा सदस्य रहेका छन् ।
साथै रामुप्रसाद डोटेल, रमेश बडाल, झबिन्द्र घिमिरे, राजीव गौतम, जीवनप्रभा लामा, तीर्थ कोइराला, सञ्जीव गौतम र प्रदीपकुमार श्रेष्ठलाई समेत लेखापरीक्षण सल्लाहकार समितिको सदस्य बनाइएको छ ।
समितिको आन्तरिक सदस्यका रूपमा चार उपमहालेखा परीक्षकलाई राखिएको छ । समितिको सदस्य सचिवमा नायव महालेखा परीक्षक श्रीकुमार राईलाई तोकिएको छ । यस समितिले कार्यालयको काम कारबाहीलाई व्यवस्थित गर्ने उद्देश्य लिएको कार्यालयले जनाएको छ ।