२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्ध

अ+ अ-

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेश सभा बैठक जसपा नेपालले अवरुद्ध गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दल जसपा नेपालका सांसदहरू उठेर विरोध गरे । सो पार्टीका सांसद राजकुमार गुप्ताले सिस्टम ह्याक गरी ह्याकरले बजेट गडबड गरेको विषयमा छानबिन गर्नुपर्ने माग राखे ।

उनले भने, ‘तत्कालीन अर्थमन्त्री र सरकारले पनि बजेट ह्याक भएको स्वीकार गरिसकेको छ । त्यसैले छानबिन समिति गठन गरी छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।’

उनले दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए । सभामुख मण्डलले बजेट ह्याक गरिएको विषयमा मुख्यमन्त्री, अर्थमन्त्री र माननीयहरूले घण्टौँ छलफल गरी अस्ति नै सहमति गरिसकेकाले पुनः दोहोर्‍याएर छलफल गर्नु ठिक हुन्छ र भन्ने प्रश्न गरेका थिए ।

तर, प्रतिपक्षी दलका सांसदहरूले छानबिन समिति गठन नभएसम्म बैठकको कामकारबाही अगाडि नबढाउन माग गरेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।