२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वसाधारणको अवलोकनका लागि खोलियो चितवनको दियालो बंगला

अ+ अ-

काठमाडौँ। भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् ।

आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक रूपमा खुलाए । मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए ।

एउटा शासन व्यवस्थासँग सम्बन्धित बंगलाबारे देशी-विदेशी सबैले अध्ययन अवलोकन गर्न पाउनुपर्ने मन्त्री तामाङको भनाइ थियो ।

दियालो बंगला नेपाल ट्रस्टको स्वामित्वमा रहेको छ । यसलाई गत चैतमा भरतपुर महानगरपालिकासँग सम्झौता गरी हरेक दुई-दुई वर्षमा नवीकरण गर्ने गरी भरतपुर महानगरको व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय गरिएको थियो । बंगलालाई सङ्ग्रहालयको रूपमा विकास गरी राज परिवारको जीवनशैली अध्ययन गर्न खुला गरिने जनाइएको छ ।

२०१९ सालमा निर्माण गरिएको दियालो बंगलामा राजपरिवार बिदा मनाउन आउँथे । सिकारका सौखिन तत्कालीन राजा महेन्द्र तराईमा सिकार खेल्न जाँदा यही दरबारमा बस्ने गर्दथे । २०२८ माघ १७ मा यसै बंगलामा उनको निधन भएको थियो ।

त्यसपछि पनि राजाहरू दियालो बंगलामा आउने गर्दथे । राजा वीरेन्द्रले २०५७ सालमा आफ्नो जन्मोत्सव पनि यही दरबारमा मनाएका थिए । बंगलामा राजपरिवारले सिकार खेलेर मारेका गोही, बाघका छाला सजाइएको छ । भने विभिन्न ऐतिहासिक सामग्री छन् ।

दरबारको छेउमा महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । त्यस्तै, राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित छन् । राजा महेन्द्रको निधन भएको कक्ष, डाइनिङ हल र भान्छाका भाँडाकुँडा, सिकार गर्ने सामग्री, क्याम्प गर्ने संरचना पनि संरक्षण गरेर राखिएको छ ।

दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा राजा महेन्द्र र वीरेन्द्रको तस्बिर सजाइएको छ । बाघको टाउको जस्ताको तस्तै सजाएर राखिएको छ । राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही भर्‍याङमा राखिएको छ ।

बंगला नेपाल ट्रस्टको स्वामित्वमा रहेकोले कानुनतः यसको सञ्चालन नियमावली बनाएर मात्रै बनाएर भरतपुर महानगरले सञ्चालनको व्यवस्थापन गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाका कारण महानगरले सञ्चालन कार्यविधि बनाएर मात्रै सर्वसाधारणको प्रवेश शुल्क व्यवस्था गरिने जनाएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले हाल सञ्चालन कार्यविधि नभएका कारण सर्वसाधारणलाई नि:शुल्क प्रवेश दिने जानकारी गराइन् । उनले देवघाटको प्रवेशद्वार, पूर्वपश्चिम राजमार्गमै रहेको कारण पर्यटकहरूको आकर्षणको गन्तव्य बन्न सक्ने पनि जनाइन् ।