काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर शाही, गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया र तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले आइतबार हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।









