२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक भ्रष्टाचारी ठहर, तोकियो कैद सजाय

अ+ अ-

काठमाडौँ । तीन करोड रुपैयाँभन्दा बढीको स्रोत खुलाउन नसकेपछि गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका वरिष्ठ निरीक्षकलाई सजाय सुनाइएको छ। उक्त कार्यालयका निरीक्षक शशीभूषणकुमार यादवले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको हो। 

यादवसमेत चारजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ जेठ ०८० मा मुद्दा दायर गरेको थियो। उनले सार्वजनिक पदमा रहँदा अवैध रूपमा आर्जन गरेको तथा त्यसबाट बढे, बढाएको सम्पत्ति श्रीमती रिना रानी र छोराहरू विकास यादव, अविनाश यादवको नाममा राखेको दाबीसहित मुद्दा दर्ता भएको थियो। 

उनी ०४६ जेठदेखि सरकारी सेवामा प्रवेश गरेका हुन्। अख्तियारले उनको ०७९ असारसम्मको आय गणना गरेको थियो। जस क्रममा उनको खर्च तथा लगानी सात करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको भेटिएको थियो भने वैध आय केवल दुई करोड ७७ लाख रुपैयाँ हुनुपर्ने थियो। 

अख्तियारले स्रोत नखुलेको चार करोड ४७ लाख रुपैयाँलाई बिगो कायम गर्दै मुद्दा चलाएकोमा विशेषले भने उनको अवैध आय तीन करोड ३० लाख ५१ हजार रुपैयाँ रहेको ठहरसहित सजाय सुनाएको हो। 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा फैसला गरेको हो। उक्त इजलासले यादवलाई ६ महिना कैद तथा बिगोबमोजिम जरिवाना र बिगोबराबरको सम्पत्ति जफत हुने फैसला गरेको छ।