२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकाका टी-२० कप्तान हसरंगाले दिए राजीनामा

अ+ अ-

काठमाडौँ  । विश्वकप २०२४ मा खराब प्रदर्शनसँगै श्रीलंकाका टी-२० कप्तान वानिन्दु हसरंगाले राजीनामा दिएका छन् । बिहीबार श्रीलंका क्रिकेट बोर्डलाई उनले राजीनामा पत्र पठाएका हुन् ।

‘एउटा खेलाडीको रूपमा मैले श्रीलंकालाई सधैँ सक्दो गर्नेछु । मैले मेरो टोली र कप्तानलाई सधैँ साथ दिनेछु’, हसरंगाले राजीनामा पत्रमा भनेका छन् ।

गत डिसेम्बरमा उनी श्रीलंकाको टी-२० आई कप्तानमा नियुक्त भएका थिए । गतवर्ष अक्टोबर-नोभेम्बरमा भारतमा सम्पन्न एक दिवसीय विश्वकपमा खराब प्रदर्शनसँगै दासुन शानकाको स्थानमा श्रीलंकाले हसरंगालाई टी-२० र कुशल मेन्डिसलाई ओडीआई कप्तानमा नियुक्त गरेको थियो ।

तर टी (२० विश्वकप २०२४ मा श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन । अमेरिका र वेष्टइण्डिजमा सम्पन्न टी-२० विश्वकपमा समूह डी मा भएको श्रीलंका ४ खेलमा १ मा जित, २ मा हार र १ खेल नतिजा विहीन बन्दै चौथो स्थानमा रहेर बाहिरिएको थियो ।

श्रीलंका विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७७ रनमा अल आउट हुँदै ६ विकेटले पराजित भएको थियो । बंगलादेशसँग २० ओभरमा १२५ रन बनाउँदा २ विकेटले पराजित भएको थियो । नेपालसँग भने वर्षाको कारण टस पनि हुन नपाई खेल रद्द भएको थियो । नेदरल्यान्ड्सलाई भने उसले ८३ रनले हराएको थियो ।

हसरंगाको कप्तानीमा श्रीलंका १० टी-२० आईमा ६ मा जित र ४ खेलमा हार बेहोरेको थियो । जुलाई २६, २७ र २९ मा श्रीलंकाले घरेलु मैदानमा भारतसँग तीन टी-२० आई खेलको सिरिज खेल्दैछ । कुशल मेन्डिस अब टी-२० आईको कप्तान बन्ने सम्भावना उच्च छ ।

श्रीलंका मुख्य प्रशिक्षक क्रिस सिल्भरहुडले पनि विश्वकपमा खराब प्रदर्शनसँगै पदबाट राजीनामा दिएका थिए । श्रीलंकाले सनाथ जयसूर्यालाई अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।