काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले आफ्नो पार्टी सरकारबाट बाहिरिनका लागि पार्टी केन्द्रको निर्णय पर्खेर बसेको बताएका छन् ।
बुधबार रुकुम पश्चिममा नेपाल पत्रकार महासंघ रुकुम (पश्चिम)ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रमा पार्टीहरूको गठबन्धन परिवर्तन भएकाले अब यसको असर प्रदेशमा पनि पर्ने भन्दै यसो भनेका हुन् ।
नेपालमा राजनीतिक परिवेशले सरकारको नेतृत्व गर्नुपर्नेमा सरकार परिवर्तनले राजनीतिक परिवर्तनको नेतृत्व गर्नुपरेको दःखद् अवस्था रहेको बताए ।
साथै मन्त्री केसीले आफ्नो नेतृत्वमा ल्याएको यो वर्षको बजेटको सफल कार्यान्वयन जरुरी रहेको कुरामा जोड दिए । र, यो बर्खायाममा प्राकृतिक विपत्तिबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकार गम्भीर भएको भन्दै यसतर्फ सरोकारवाला सबै सचेत हुनुपर्ने उनले बताए ।