२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी निरीक्षक विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित

अ+ अ-

काठमाडौँ । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा झापाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

उनलाई उत्कृष्ट काम गरेबापत जिल्ला प्रहरी कार्यालय झापाले असार महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको हो। 

प्रहरी निरीक्षक विश्वकर्माले २२ असारमा कमल गाउँपालिका-६ मा रूपेशकुमार सदाले मादक पदार्थ सेवन गरी खुकुरीले सुमित्रा ऋषिदेवलाई प्रहार गरी घाइते बनाएर फरार रहेका सदालाई सप्तरीबाट पक्राउ गर्न सफल भएका थिए।

यस्तै, १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको, २६ ग्राम लागुऔषध ब्राउन सुगरसहित कारोबारी पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले उत्कृष्ट प्रहरी घोषित गरेका हुन्। 

यस्तै, मोटरसाइकल चोरीमा संलग्नलाई मोटरसाइकलसहित पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको भन्दै असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी निरीक्षक विश्वकर्मा अनुसन्धानमा अब्बल मानिन्छन्। 

जिल्ला प्रहरी कार्यालय झापाले प्रत्येक महिना जिल्लामा उत्कृष्ट काम गर्ने, असल चालचलन र विभागीय मूल्य मान्यता र निर्देशनअनुसार काम गर्ने एक प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको छ।