काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा संघीय मन्त्रालयका उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूलाई सामुहिक निर्देशन दिँदै छन् ।
ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते (आइतबार) ब्रिफिङ लिएका थिए । आइतबारको बैठकमा सचिवहरूले आफ्नो मन्त्रालयको कार्य प्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्य योजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा जारी बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरुको उपस्थिति रहेको छ । प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो निर्देशन हो ।







