७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य पदार्थको पैठारी पूर्व स्वीकृति तथा अनुमति लिनुपर्ने

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूर्व स्वीकृति तथा नाकामा प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थको पैठारी गर्न भनेको छ ।

विभागले सूचना जारी गरी खाद्य पदार्थहरूको पैठारी गर्नुअघि विभागबाट स्वीकृति लिएर आयात गर्न र भन्सार नाकामा आए पश्चात् खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्न गराउन खाद्य पदार्थ पैठारीकर्ताहरूलाई भनेको हो । विभागका अनुसार यो नियम शनिवार (आज)देखि लागू भएको छ ।पूर्व स्वीकृति तथा नाकामा प्रवेश अनुमति नलिई खाद्य पदार्थ पैठारी गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने विभागले जनाएको छ  ।

‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि स्वीकृति प्राप्त गरी पैठारीको लागि प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य प्रावधान रहेको र सो बमोजिम नगरेमा ऐनको दफा ४० (ग) बमोजिम कसुर गरेको मानिने भएकोले ऐनको दफा २ (घ) बमोजिम परिभाषित सम्पूर्ण खाद्य पदार्थहरूको पैठारी गर्नुअघि विभागबाट स्वीकृति लिई मात्र आयात गर्ने र भन्सार नाकामा आए पश्चात् भन्सार नाका स्थित विभाग अन्तर्गतका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट प्रवेश अनुमति लिई मात्र खाद्य पदार्थ पैठारी गर्नु गराउनु हुन सम्पूर्ण खाद्य पदार्थ पैठारीकर्ताहरूलाई सूचित गरिन्छ’, विभागले  जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस