८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलहरूको चुरीफुरीले जनतामा निराशा बढ्यो : माओवादी नेता शाही

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले राजनीतिक दलहरूको चुरीफुरीले जनतामा निराशा बढेर गएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले जनतामा रहेको निराशा आक्रोश र आवेगमा बद्लिन सक्ने खतरा रहेको बताएका हुन् । जनतामा रहेको निराशाको सम्बोधन गर्ने विषयलाई सबै राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

‘देशमा राजनीतिक दलहरूको हालीमुहाली अर्थता चुरीफुरी यहाँ चलिरहेकै छ । नेपाली जनताको हो निराशा लामो समय निराशामा रहिरहन अवश्य पनि सक्दैन । युवाहरूमा देखिएको निराशा भोलि आक्रोशमा बदलियो भने यो देशको हविगत के होला ? एक पटक सबै दलहरूले यो विषयमा गम्भीर चिन्तन मनन गर्नुपर्ने आजको आवश्यकता देखिन्छ, उनले भने ।’

साथै, उनले अहिले सबै राजनीतिक दलमाथि अविश्वास पैदा भइरहेको बताए । सत्ताको नेतृत्व गरिराखेका दलहरूले यो विषयलाई गम्भीरतापूर्वक नलिएर समाधान नखोज्ने हो भने देश दुर्घटनातिर जाने खतरा बढेको नेता शाहीको भनाइ छ ।

यस्तै शाहीले प्रदेशलाई तत्काल कानुन बनाएर प्रहरी र कर्मचारी दिनुपर्ने बताएका छन् । उनले राजनीतिक दलहरूको ध्यान संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउने भन्दा सत्तामा केन्द्रित रहेको बताए । यही कारण कतिपयले वर्तमान शासन व्यवस्था फेल हुँदै छ भनेर प्रश्न गर्न पाएको उनको भनाइ छ ।

वर्तमान संविधानलाई पूर्ण कार्यान्वयन गरेपछि मात्रै संशोधनको बहस चलाउनुपर्ने सांसद शाहीको भनाइ छ । प्रदेश सरकार र स्थानीय सरकारका धेरै सकारात्मक काम रहेको भन्दै उनले थप बलियो बनाउने र संविधान अनुसार अधिकार पाउने गरी संघीय कानुन बनाइनुपर्नेमा जोड दिए ।

निजामती सेवा विधेयक, प्रहरी ऐन नहुँदा प्रदेश सरकार आफ्नो निजामती सेवाविहीन, प्रहरीविहीन रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस