१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीआरसी विधेयक पास भएकोमा पीडितहरूको स्वागत

अ+ अ-

काठमाडौँ । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूले प्रतिनिधि सभाबाट सशस्त्र द्वन्द्व टुंगो लगाउने गरी विधेयक पारित भएकामा स्वागत गरेका छन् । 

बुधबार प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक सर्वसम्मत पारित भएकोमा पीडितहरूको सञ्जालले खुसी व्यक्त गरेको हो ।

छिटो सत्य, न्याय र परिपूरण देऊ भनी आफूहरूले भुँइतहका पीडित समुदायको आवाज उठाउँदै आएकोमा त्यसलाई सम्बोधन गर्ने गरी टीआरसी ऐन २०७१ पारित भएकोमा ऐतिहासिक उपलब्धि मान्दै सञ्जालहरूले स्वागत गरेका हुन् ।

बुधबार साँझ वक्तव्य निकाल्दै गम्भीर उल्लंघन मानवअधिकार पीडितहरूको राष्ट्रिय सञ्जालका अध्यक्ष राम भण्डारी, द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले आयोगको पदाधिकारीहरूको छनौट गर्दा पीडितहरूको सहमति हुनुपर्ने लगायत तीनवटा माग पनि गरेका हुन् ।

‘आयोगले काम थाल्ने विक्तिकै पीडित र पीडितका परिवारलाई सत्य अन्वेषण र उत्खननको कार्य हुँदा मनोसामाजिक परामर्शको अनिवार्य सहयोग हुनुपर्छ । यस अत्यन्त संवेदनशील दायित्वको लागि नेपाल सरकारले आवश्यक प्रबन्ध अहिल्यै देखि मिलाउनुपर्छ । आवश्यक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गर्नुपर्छ,’ भण्डारी र खड्काले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘कोषको व्यवस्थापन तथा सञ्चालनमा पीडितहरूको सहभागिता र पीडित केन्द्रित विधि आवश्यक छ । कोषमा अन्तराष्ट्रिय समुदायको सहयोग महत्त्वपूर्ण छ । तथापि कोष सञ्चालन नेपाल र नेपालीको नेतृत्वमा हुनुपर्दछ ।’

आयोगहरूको इकाईहरूमा पीडितहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, तत्काल परिपूरण भुँईतहका बहुसङ्ख्यक पीडितहरूको लागि सामाजिक सुरक्षा तथा कल्याणकारी कार्यहरू अधिकारको रूपमा गरिनुपर्ने सञ्जालले माग गरेको छ । परिपूरणका सबै कार्य संघिय सरकार र प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारले पीडितहरूको सहभागितामा परिचालन गरिनुपर्ने पीडितहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस