काठमाडौँ । काठमाडौँ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रा.ली. र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई डेन्टलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
डेण्टल हस्पिटल र बैंकबीच ग्राहकहरूलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकहरूले क्रमशः १५% र १०% छुट, डेण्टल हस्पिटलका सम्पूर्ण शाखाहरूमा यो सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंक ली.का बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले संयुक्त हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।