काठमाडौँ । सोलुखुम्बुको पासाङ थामे हिमताल फुटेको छ । भोटेकोसीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो हिमताल फुटेर एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ ।
होस्टेल सहितको एउटा विद्यालयमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले प्रशासनलाई जानकारी दिइन् ।

उनका अनुसार मानवीय क्षति भने के कति भयो भन्ने बारे जानकारी आएको छैन । प्राप्त जानकारी अनुसार ५ बटा घरमा क्षति पुगेको छ । यसबारे थप विवरण आउन बाँकी छ ।

पालिकाले हिमताल फुट्दा थामे गाउँमा ठूलो क्षति भएको भन्दै उक्त क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।