१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस र एमालेबीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन : बेदुराम भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय संविधान संशोधनको विषय चर्चा भइराखेको र यसको पृष्ठभूमिमा काँग्रेस र एमालेका बीचमा संविधान संशोधन गर्नेसहितको समझदारी रहेको भनिएको उल्लेख गर्दै उनले दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताए ।

‘दुई दलका बीचको सहमतिलाइ र राष्ट्रिय सहमति भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यो कदापि हुन सक्दैन्’ भुसालले दोहोर्‍याए, ‘दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन।’

संविधान संशोधन के विषयमा गर्न खोजेको त्यो प्रष्ट नगरी संशोधनको बहस चलाउनुको पनि अर्थ नरहेको उनले बताए ।

‘संविधान संशोधन के उद्देश्यले गर्ने हो ? कस्तो संशोधन गर्ने हो ? के का निम्ति संशोधन गर्ने ? कि अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? कि समानुपातिक समावेशी सहभागितामूलक जुन लोकतान्त्रिक प्रणाली हामीले स्थापना गरेका छौँ यसलाई तोड्नका निम्ति हो ? भत्काउनका निम्ति हो ?’ उपाध्यक्ष भुसालको प्रश्न छ ।

दुई दलका बीचमा सहमति भयो भनेर संविधानका मूलभूत मर्ममाथि प्रहार गर्न नपाइने उनले बताए । यदि संविधानको मर्ममाथि प्रहार गर्न खोजिए त्यो आफूहरूलाई सैह्य नहुने उनको चेतावनी छ ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाइ नसक्दै संशोधन गर्ने विषय आफैँमा नमिल्दो रहेको उनले बताए । राष्ट्रिय सभाल नै संविधान कार्यान्वयनका लागि कति कानुन बनाउन आवश्यक रहेको भनेर अध्ययन गरेर सरकारलाई सुझाएको स्मरण गरे ।