२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठकमा जनार्दनको प्रस्तावमाथि पनि छलफल हुँदै

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार आज बागमती प्रदेशबाट परामर्श समितिको बैठक सुरु भएको हो।

बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङसहित उपमहासचिवसहित प्रदेशका पदाधिकारीहरू सहभागी छन्।

बैठकअघि छलफलको विषय टुङ्ग्याउन अध्यक्ष ‘प्रचण्ड’ले पदाधिकारी बैठक राखेका थिए। पदाधिकारी बैठकपछि परामर्श समितिको बैठक सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

माओवादी सत्ताबाट बारिएपछि संगठन निर्माणको तयारीको लागि श्रृंखलबद्ध बैठकमा छ। यसअघि पदाधिकारी र स्थायी कमिटी बैठक बसेर आगामी रणनीतिबारे छलफल गरेको माओवादीले परामर्श समितिको सातै प्रदेशमा बैठक बसेपछि केन्द्रीय कमिटी बैठक बस्ने तयारी गरेको छ।

परामर्श समितिको बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा पेश गरेको प्रस्तावबारे छलफल हुने जनाइएको छ। शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझावसहित पार्टी निर्माणबारे प्रस्ताव ल्याएका थिए। जसले माओवादी वृत्तमा ठूलो तरंग ल्याएको छ ।