काठमाडौँ। वडा अध्यक्षमाथि यौनशोषणको आरोप लागेपछि छानबिन समिति गठन गरिएको छ ।
एकजना विवाहित महिलाले वडा अध्यक्षमाथि यौनशोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको हो।
मौलापुर नगरपालिका-९ का वडाध्यक्ष श्यामकिशोर साहमाथि उनकै गाउँकी एक विवाहित महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएकी छन् ।
आरोपपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
घटनाबारे सत्यतथ्य छानबिन गरी समितिलाई १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले घटनाको प्रतिवेदन पेस गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।
