२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिलेको सरकार संसदको बलियो सरकार : अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो सरकार अहिलेको संसदमा सबैभन्दा बलियो सरकार भएको बताएका छन् ।

शुक्रबार रुपन्देहीमा नेपाली उद्यमी मञ्चको सातौँ राष्ट्रिय नेतृत्वसीप सम्मेलनको उद्घाटन गर्दै पौडेलले यही सरकारबाट नै स्थिरता सम्भव रहेको बताए ।

‘पछिल्लो निर्वाचनबाट अहिलेको संसदमा रहेको सबैखालका गठबन्धनको अभ्यास गरेर असफल भएपछि काँग्रेस एमालेको सरकार बनेको हो, अहिलेको संसदमा यो भन्दा बलियो सरकार बन्नसक्दैन’, उनले भने, ‘सबै प्रयोगबाट असफलको शिक्षा लिएर यो सरकार बनेको हो, यसैबाट स्थिरता सम्भव छ, नीतिको स्थिरता दिन खोजेको छ ।’

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकांक सकारात्मक नभएकाले सरकार दबाबमा रहेको बताउँदै त्यसमा सुधार ल्याउनका लागि सरकारले केही योजना अगाडि सारेको बताए ।

‘बाहिरबाट हेर्दा रेमिट्यान्स आएको छ ती सूचक ठिकै होला तर उत्पादन घट्दै छ, आयात निर्यात घटिरहेको छ, सबै क्षेत्रमा उत्पादन घटेको छ, माघ घटेको छ’, पौडेलले भने, ‘अधिकांश उद्योग नै ४० प्रतिशतको क्षमताभन्दा बढी चल्न सकेका छैनन् । यस्तो गम्भीर अवस्था छ । उत्पादन घटेपछि रोजगारमा प्रभाव परेको छ, युवा जनशक्तिलाई कहाँ व्यवस्थापन गर्ने चिन्ता छ ।’

अर्थमन्त्री पौडेलले देशको आर्थिक अवस्थाको चित्रण गर्दै अहिले सार्वजनिक ऋण २४ खर्बभन्दा बढी रहेको र यो बढ्दै गएका कारण अब कस्तो ऋण लिने भन्ने चिन्ता बढाएको बताए । ‘अब उत्पादन दिने, रोजगारी दिने ऋण मात्र लिने योजनामा छौँ, हामी ऋणको पासोमा परेको होइन तर त्यसको प्रभाव रोक्न जरुरी छ भन्ने प्रस्ट देखिएको छ’, उनले भने ।

‘राजश्वले साधारण खर्च धान्न समस्या पर्दै गइरहेको छ । ३० प्रतिशत बढाउन सकेमात्रै राजश्व लक्ष्य पूरा हुन्छ, व्यवसायीलाई दुःख दिने काम हुँदैन, गैरकानुनी कामलाई प्रोत्साहन नदिने हो’ उनले भने ।

तर यस्तो अवस्थामा पनि ती निराशालाई हटाउने गरी निजी क्षेत्रसँगको सहकार्य अगाडि बढाएको उनले बताए ।

‘के यस्तो अवस्थामा कसरी बनाउने त देश ? राणाशाही समाप्त गरियो, जसको बोली कानून थियो, पञ्चायती, राजतन्त्र, बहुदलीय शासन सबै हटाएर नयाँ गणतान्त्रिक संविधान बनेको हो तर सबै अधिकार प्रयोग भएका छैनन् । त्यसैले अब ती अधिकार प्रयोग गराउने गरी निजी क्षेत्रको साथ चाहियो’ अर्थमन्त्री पौडेलले भने ।

उनले अहिलेका मागअनुसारका योजना अगाडि बढाउनु नै महत्त्वपूर्ण रहेको, युवा पुस्ताले देशलाई कसरी सोचेको छ, नेतृत्वबाट के आशा र अपेक्षा गरेको छ भन्ने विषयमा सरकारले निरन्तर चासो राखिरहेको बताउँदै राष्ट्रिय उत्पादनमा भइरहेको योगदानलाई निरन्तरता दिन आग्रह गरे ।

अर्थमन्त्री पौडेलले अब व्यवस्था परिवर्तन मात्रै होइन हामी अवस्था परिवर्तन गर्न पनि तयार छौँ भन्ने सन्देश युवा पुस्ताले दिनुपर्ने बताउँदै नेपालमा जति सम्भावना अरु देशमा नभएको दाबी गरे ।

‘उता काम गर्न केही प्रणाली भएकाले सहज होला तर यहाँ धेरै क्षेत्रमा सम्भावना छन्, देशभित्र बसेर केही गर्न सक्छौ भनेर उत्पादनमा रोजगारीमा सृजनामा लाग्नुपर्दछ’, उनले भने, ‘अर्थतन्त्रका समस्या चिन्ने र समाधान गर्ने, रोजगारीका समस्या सृजना गर्ने, उत्पादनमा ध्यान दिने सामर्थ्य खर्च गर्ने योजना रहेको सरकार छ । सरकारको सोच र तपाईँहरूको चाहना मिलेको छ । एउटै लयमा छौँ । आउनुस् हातेमालो गरेर अगाडि बढौँ ।’

युवा उद्यमीलाई सान्त्वना दिँदै भने, ‘उनले युवाले आफूले रोजेको काममा आएका समस्या अहिलेको सरकारले सुन्नेछ, सुन्ने मात्र होइन समाधान खोज्ने सरकार छ, सँगै बसेर छलफल गरौँ, अवस्था अनुकूलको लगानी बढाउनुहोस्, यात्राको क्रममा समस्या आए सरकारको साथ खोज्नुहोस् ।’

अर्थमन्त्री पौडेलले उद्यमी र सरकारबीचको सम्बन्ध बलियो हुनुपर्ने बताउँदै निर्णय प्रक्रियामा नै निजी क्षेत्रलाई सहभागिता बनाउने गरी अगाडि बढ्ने र अब माग्ने र दिने होइन एकै टेबलमा बसेर समाधान गर्ने गरी सहकार्य गर्ने जनाए ।

नेपाली उद्यमी मञ्च रुपन्देही अध्यक्ष रिषव ओझाले देशैभरीका उद्यमीको समस्याका विषयमा सरकारले सोच्नुपर्ने र देशमै केही गर्ने वातावरण बनाउन आग्रह गरे ।