१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको ‘प्रचण्ड’को दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको बताएका छन् । 

झापाको बिर्तामोडमा आइतबार आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले नेपालको भूराजनीतिक अवस्थितिका कारण विश्व शक्ति राष्ट्रहरू नेपाललाई टेकेर चीनलाई घेरा हाल्ने वा नेपाललाई त्यस्तो रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी रहेको उल्लेख गरेका छन्। 

आन्तरिक शक्तिहरू कोही संविधान च्यात्ने, कोही २०४७ मा फर्कन चाहने भएको बताउँदै ‘प्रचण्ड’ले भने, ‘हिजो दुई तिहाइ भएकै बेला एमालेले संविधान च्यात्न खोजेका थिए।’ संविधानको प्रस्तावनादेखि मौलिक हकसम्म नै माओवादी, सशस्त्र संघर्षजस्ता शब्दावली उल्लेख भएकाले एमालेलाई त्यो पाच्य नभएको ‘प्रचण्ड’को भनाइ छ। 

सत्ता सहकार्य गरेको बेला एमालेलाई सुधार गर्ने धेरै कोसिस गरे पनि त्यो सफल नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस