काठमाडौँ । लुम्बिनी प्रदेशको चालू अधिवेशन अन्त्य भएको छ ।
आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशनको अन्त्य गरेका हुन् ।
सोमबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
