७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्ध विश्वविद्यालय अध्ययनमा संसदीय समिति

अ+ अ-

काठमाडौँ । संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लुम्बिनी बौद्ध विश्वविद्यालयको अध्ययन गरेको छ । संसदीय समितिका १० जनाको टोलीले विश्वविद्यालयको विभिन्न निकायहरूको अध्ययन गरेको हो ।

२०८१ असोज १ गते देवदहस्थित डिन कार्यालय तथा देवदह शिक्षा विकास परियोजना र बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको हो ।

सो अवसरमा देवदहमा आयोजना गरिएको परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै संसदीय समितिका सभापति अम्मरबहादुर थापाले शिक्षा विकास परियोजना निकै महत्त्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाए ।

उनले लुम्बिनी बौद्ध विश्वविद्यालय स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने क्षमताको रहेको भन्दै प्रवर्द्धनमा सरकारले नै काम गर्नुपर्ने बताए ।

देशमा रहेका विश्वविद्यालयमध्ये अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिने क्षमता लुम्बिनी बौद्ध विश्वविद्यालयसँग रहेको भन्दै उनले आफूहरूले समितिमा छलफल गरेर यसको विकासमा ठोस निर्देशन सरकारलाई गर्ने जनाए ।

विश्वविद्यालयहरू पठनपाठनमा केन्द्रित नभएर अनुसन्धानमा केन्द्रित हुनुपर्ने सुझाव उनको थियो । विश्वविद्यालयले अनुसन्धान गरेर सो अनुसन्धान कार्यान्वयनका लागि सरकारलाई प्रतिवेदन दिनुपर्ने उनले बताए ।

समितिका सदस्य छविलाल विश्वकर्माले देवदहमा विश्वविद्यालयका लागि निकै प्रयासका बाबजुद जग्गा प्राप्त भएको भन्दै त्यसको बहुउपयोग गर्नुपर्ने बताए । स्थानीय उपभोक्ताका आवश्यकता जोड्दै विश्वविद्यालय अगाडि बढिरहेको भन्दै उनले देवदहको परियोजनालाई सफल बनाउने जिम्मेवारी सबैले लिनुपर्ने धारणा राखेका थिए ।

अर्का सदस्य देवेन्द्र पौडेलले विश्वविद्यालय अन्तर्राष्ट्यि पहिचान बनाउन सक्ने भन्दै त्यसका लागि सरकारले विशेष जोड दिनुपर्ने सुझाए । देशका प्रधानमन्त्रीहरू अन्तर्राष्ट्रिय फोरमहरूमा जाँदा लुम्बिनी बौद्ध विश्वविद्यालयको नाम र काम उच्चारण गरेर प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो ।

बौद्ध दर्शन र शिक्षा अध्ययन गर्न बौद्ध राष्ट्मात्रै नभई विश्व समुदाय नै लुम्बिनी आउन लालायित भएको भन्दै त्यसलाई उपयोग गर्ने दायित्व सरकार र विश्वविद्यालयको रहेको उनले बताए । त्यस्तै अर्का सदस्य डिगबहादुर लिम्बुले बौद्ध विश्वविद्यालयले अगाडि बढाएको परियोजना कार्यान्वयनमा समितिले सघाउने बताउँदै समुदायलाई जोडेर जान सुझाव दिए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयले देवदहमा शिक्षा विकास परियोजना सुरुआत गरेको जानकारी गराए । प्राज्ञिक विकासका लागि अनुमानित ८ सय करोडको गुरुयोजना तयार भएको भन्दै उनले परियोजना अन्तर्गतका पूर्वाधार निर्माणका लागि दातृ निकायको खोजी भइरहेको उनले बताए ।

चीन, थाइल्याण्ड, कोरिया, जापान, श्रीलंका, म्यानमारसहितका राष्ट्हरुबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको भन्दै उपकुलपति बज्राचार्यले बोर्ड ट्रस्टमार्फत दान संकलन गरिने बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा। तिलकराम आचार्यले विश्वविद्यालयले तीन स्थानमा केन्द्रित रहेर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताए । ६ वर्षको प्रयासपछि देवदहमा विश्वविद्यालयले जग्गा प्राप्त गरेको भन्दै त्यही जग्गामा शिक्षा विकास परियोजनाको काम सुरुवात भएको जनाए ।

देवदहको विकास हुँदा स्थानीयलाई मात्रै नभई सिंगो राष्ट्रलाई नै प्रत्यक्ष लाभ प्राप्त हुने बताउँदै विश्वविद्यालयका समस्या समाधानमा संसदीय समितिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

संसदीय समितिले बुटवलको सिटी क्याम्पसको स्थलगत अध्ययन गरेको थियो । समितिसँग शिक्षा दिवसका अवसरमा असोज २ गते केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस