काठमाडौँ । दैलेखको भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजनामा आगामी कात्तिक ७ देखि ११ गतेसम्म अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने खेलकुद विकास समितिका अध्यक्ष शमशेर खड्काले प्रशासनलाई जानकारी दिए ।
खुला भलिबल प्रतियोगिता हुने भएकाले देशको कुनै पनि पालिकाबाट सहभागिता जनाउन सक्ने गरी तयारी गरिएको खड्काले बताए । देशको राष्ट्रिय खेल भलिबल भएकाले जिल्लाभित्र भलिबल खेलाडीहरू धेरै रहेकाले युवा खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद तीन लाखसहित कप, पदक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख ५० हजारसहित पदक प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनेले नगद ५० हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले नगद कदर पत्रसहित नगद २५ हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक विद्याका उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर १० हजार लाग्ने खड्काले बताए ।