काठमाडौँ । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा जान लागेको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए ।
एसपी बोगटीले टेक्निकल सहयोगका लागि टोली पठाउन लागिएको बताए । यसअघि पनि सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोलीले सहयोग गरेको थियो ।
सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीको रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको थियो ।
समितिले रकम अपचलनको आरोपमा पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वसाझेदार छविलाल जोशी, रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने, गोर्खा मिडियाका सञ्चालक जीवी राई, कुमार रम्तेललाई कारबाही सिफारिस गरेको थियो ।







