२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा

अ+ अ-

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँस्थित गौरीगाउँ ताल ओझेलमा परेको छ । बजारबाट दक्षिणतर्फ नजिकै रहेको भए पनि प्रचारप्रसार नहुँदा सो ताल ओझेलमा परेको हो ।

वरिपरि ताल र बीचमा मन्दिर निर्माण गरिएको छ । जहाँ कुनै समय सात वटा ताल थिए । तर अहिले ती सबै ताललाई एउटै बनाइएको छ । करिब आठ बिघा क्षेत्रमा फैलिएका उक्त तालको अवलोकन गर्न आउनेको अवस्था भने न्यून रहेको स्थानीयवासी रमेश बुढाथोकीले बताए। “यही बाटो हुँदै हिँड्नेहरू केही तस्बिर  खिच्ने अड्न्छिन्”, उनले भने, “तर अवलोकन नै गर्ने भनेर आउनेहरू विरलै हुन्छन् ।”

दाङमा नै सबैभन्दा ठूलो क्षेत्रमा फैलिएको उक्त ताललाई प्रचारप्रसार गर्न आवश्यक रहेको उनको भनाइ छ । तुलसीपुर बजारबाट नजिकै रहेको र सडक सञ्जालको पनि सहज पहुँच भएकाले पर्यटनको आकर्षणको मुख्य केन्द्र बन्न सक्ने उनले बताए । “विकट क्षेत्रका स–साना ताल पनि पर्यटनको केन्द्र बनेका छन्”, उनले भने, “बजार क्षेत्रमा रहेको यति ठूलो ताल ओझेलमा परेको छ ।” 

तालको बीचमा करिब एक करोडको लागतमा शिवमन्दिर निर्माण गरिएको छ । तुलसीपुर–१०  गौरीगाउँका चारटोलको बीचमा पर्ने उक्त तालको मन्दिरमा पाँचवटा मूर्ति राखिएको छ । शिव, गणेश, सूर्य, देवी, विष्णु गरी पाँचवटा मूर्ति राखिएको छ । साथै मन्दिरमा पुग्न करिब ४५ मिटरको पुल पनि निर्माण भएको छ ।

वर्षायाममा परेको पानी पोखरीमा जम्मा हुने र त्यो पानी वर्षैभरि रहिरहने गर्छ । तालमा माछापालन पनि गर्ने गरिएको छ ।