२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा भारतबाट चोरी भई नेपाल ल्याएको सुन बरामद, प्रहरीद्वारा धनीलाई हस्तान्तरण

अ+ अ-

काठमाडौँ । डोटीमा भारतबाट चोरी भएर नेपाल ल्याएको सुन प्रहरीले बरामद गरी सम्बन्धित सुन धनीलाई फिर्ता गरेको छ ।

भारतको राज स्थान राज्य नागौर किशनगढ जिल्ला परवतसर स्थित एक घरबाट चोरी गरी नेपाल ल्याइएको ४१५ दशमलव ३७ ग्राम सुन जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार सुन धनी महेन्द्र सिहलाई हस्तान्तरण गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका-२ का २४ वर्षीय रवि सिंह भनी चिनिने कैलाश ढोलीले गत जेठ १४ गते भारतका महेन्द्र सिंहको घरबाट चोरी गरी ल्याएको उक्त सुन असार २१ गते प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए ।

भारतबाट सुनचाँदी र नगद चोरी गरेर नेपाल आउन लागेका दुई जनालाई भारतको पलियामा पक्राउ गरी उतै मुद्दा चलेको र नेपाल आयका कैलाशलाई अनुसन्धानको दायरामा ल्याउँदा ४१५.३७ ग्राम सुन बरामद भएको प्रहरी उपरीक्षक शर्माले बताए । महेन्द्रको घरमा काम गर्ने कैलाशले घरधनी घुम्न गएको बेला चोरी गरेर भागेका थिए ।

२०७८ माघ २६ गतेको सचिव स्तरको निर्णय र सोही निर्णयको आधारमा गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्राचार अनुसार सम्बन्धित व्यक्ति महेन्द्र सिहलाई सुन हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । यता सुन धनी सिंहले आफ्नो घरबाट डेढ किलो बराबरको सुन चोरी भएको बताएका छन् ।

तर महेन्द्रले भारतमा पक्राउ परेका दुई जनाबाट दुई सय ग्राम र नेपालमा पक्राउ परेका एक जनाबाट ४१५.३७ ग्राम सुन प्राप्त भएको बताए । प्रहरीले सुन जनप्रतिनिधिको रोहोवरमा हस्तान्तरण गरेको थियो ।