२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिन्दा पाण्डेले भनिन्-व्यापारीलाई पार्टी भवन बनाउन दिएर २८ लाख मतदाताको अपमान भयो 

अ+ अ-

काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गलत निर्णय सच्चाउन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपर स्टोरका मीनबहादुर गुरुङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरुङ दम्पती पनि सहभागी थिए ।

सत्तारुढ दलकै भवन व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा बनाउने निर्णयबारे एमाले भित्र अन्य नेताहरू पनि असन्तुष्ट छन् । यी क्रममा पाण्डेले भने सोमबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा बाहिर ल्याएकी हुन् । 

‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो, ‘उनले भनेकी छन् ।

व्यापार व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको उनले बताएकी छन् । ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ, ‘स्थायी कमिटी सदस्य पाण्डेले भनेकी छन् ।

उनले अहिले पनि समय नघर्किएकाले निर्णय सच्याउन अनुरोध गरेकी छन् । ‘समय घर्की सकेको छैन । मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ,‘ उनले भनेकी छन् ।

एमाले मुख्यालय निर्माणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका हुन् । एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

शिलान्यास कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका एमाले नेता/कार्यकर्ताको उपस्थिति थिए ।