१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको सय दिन : उच्चस्तरीय भ्रमणदेखि द्विपक्षीय सम्बन्धमा सुधारसम्म

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको यही कात्तिक ६ गते सय दिन पुग्दै छ । 

यस अवधिमा सरकारका विभिन्न उपलब्धिसँगै परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् ।

परराष्ट्र मन्त्रालयले सरकार गठन भएको पहिलो सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभा तथा एसियन कोअपरेशन डाइलगको शिखर सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मञ्चहरूमा नेपालको प्रभावकारी उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सन् २०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको, २-३ अक्टोबर २०२४ मा कतारमा सम्पन्न एसिया कोअपरेशन डायलगको शिखर सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको मन्त्रालयले जनाएको छ । यसैगरी मन्त्री डा. देउवाले गत भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन् । सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको द्विपक्षीय भेटवार्ता भएको थियो ।

यस अवधिमा ओमानका परराष्ट्रमन्त्री सयीद बद्र विन हमद विन हमद अल्बुसैनीले गत भदौ १० र ११ गते नेपालको भ्रमण गरेका थिए । परराष्ट्र मन्त्री डा. देउवाले गत असोज ५ देखि १७ गतेसम्म क्यानडा, संयुक्त राज्य अमेरिका र कतारको उच्चस्तरीय भ्रमण गरेकी थिइन् ।

सरकार गठनको यस अवधिमा पोर्चुगलमा नेपाली राजदूत नियुक्तिको सिफारिस तथा संसदीय सुनुवाइ सम्पन्न भई सम्बन्धित मुलुकको सहमति प्राप्त हुने प्रक्रियामा रहेको छ । साथै मन्त्रालय तथा नियोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको छ ।

यसै अवधिमा नेपाल ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक गत साउन २३ गते परराष्ट्र सचिव स्तरमा ओमानको मस्कटमा सम्पन्न भएको थियो । त्यस्तै राहदानी खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारी अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस