९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रतिकार्यमा सबै निकायको सहभागिता आवश्यक : महानिरीक्षक अर्याल

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्यमा सबै सरोकारवाला निकायहरूको सक्रिय सहभागिता आवश्यक भएको बताएका छन्। उनले विपद्को समयमा कुनै पनि संस्थाको एकल प्रयासले मात्र सफलताका लागि पर्याप्त नहुने र सरोकारवाला निकायहरूको एकीकृत सहभागिता र सहकार्यबाट मात्र प्रभावकारी प्रतिकार्य गर्न सकिने औंल्याए।

बुधबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी आयोजना गरिएको तालिमको समापन समारोहमा बोल्दै महानिरीक्षक अर्यालले भने, “विपद् व्यवस्थापन एउटा साझा जिम्मेवारी हो, जहाँ प्रत्येक निकायको भूमिका महत्त्वपूर्ण हुन्छ। सबैको एकीकृत प्रयासले मात्र विपद्को समयमा सफल उद्धार र प्रतिकार्य सम्भव छ।”

उनले सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको उल्लेख गरे। उनले थपे, “विपद् प्रतिकार्य तथा उद्धार कार्यमा सशस्त्र प्रहरीले जनताको विश्वास जित्दै आएको छ, र हामीले भूकम्प, बाढीपहिरो, सवारी दुर्घटनाजस्ता जोखिममा परेका हजारौँ नागरिकको जीवन बचाउन सफल भएका छौँ।”

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले पछिल्ला दुई महिनामा ५ सय ८८ जना स्वयंसेवकहरूलाई देशभर तालिम प्रदान गरेको जानकारी गराउँदै, यो प्रयासले विपद् व्यवस्थापनमा थप दक्ष जनशक्ति तयार गर्न महत्त्वपूर्ण योगदान दिएको बताए। उनले भने, “स्वयंसेवकहरूको यस किसिमको तालिमले विपद् प्रतिकार्यमा सहयोग पुर्‍याउनेछ र संकटको घडीमा तत्काल कदम चाल्न सक्षम बनाउनेछ।”

अर्यालले तालिमहरूका माध्यमबाट विपद् व्यवस्थापनको सुदृढीकरणमा सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र यो सहकार्यले आगामी दिनमा अझ प्रभावकारी प्रतिकार्यको सुनिश्चितता गर्ने आशा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस