१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोधिचित्त दाना लुटेको आरोपमा ५ वर्ष पछि पक्राउ

अ+ अ-

काठमाडौँ । बोधिचित्त (बुद्धचित्त)को दाना लुटपाट तथा विष्फोटक पदार्थसहित आतंक फैलाएको घटनाका आरोपित रामकृष्ण मैनाली भनिने सागर ५ वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले रामकृष्णसहित विजय हुमागाईँलाई भक्तपुरको जगातेबाट पक्राउ गरेको हो । रामकृष्ण मैनालीले ५ वर्ष अघि बोधिचित्तको रुख लुटपाट गरेको आरोप छ ।

साथै प्रहरीले समातेको व्यक्ती भेट्न पुगेका प्रताप लामालाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउबारे थप विवरण अनुसन्धानको क्रममा रहेकोले सार्वजनिक नगरिएको प्रहरीको भनाई छ ।

प्रहरीले घटनाका बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

५ वर्ष अघि रोशी गाउँपालिका ५ स्थित ठकुरानी तामाङसँग किनेका बुद्धचित्तका दानाहरू लुटेको अभियोगमा २०७७ असोज २६ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भएको थियो । डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना सम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सजाय निर्धारणका लागि पेश गर्ने आदेश दिएका थिए ।

२०८१ वैशाख २५ गते जिल्ला अदालतले उक्त मुद्दामा संलग्नहरूको सजाय निर्धारण गरेको थियो । डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजनामा एकीकृत कसुर बापत राधाकृष्ण मैनाली सागर, विजय हुमागाईँ लगायतलाई ९ वर्ष कैद र ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस