काठमाडौँ । युक्रेनको दोस्रो सहर खार्किभको आवासीय क्वार्टरमा मंगलबार (आज) भएको रुसी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको खार्किभका मेयर “इगोर टेरेखोभले बताएका छन् ।
उनले टेलिग्राम मार्फत घटनाको जानकारी गराउँदै हमलामा मानवीय क्षति हुनुका साथै घरहरू क्षतीग्रत भएको उल्लेख गरेका छन् । खार्किभ रुसी सीमाबाट करिब ३० किलोमिटर टाढा अवस्थित छ जसलाई साढे दुई वर्षको युद्धमा रुसी हवाई आक्रमणले ध्वस्त पारेको छ ।
पछिल्लो समय रुसी हमलाले डेरजप्रोम भवनलाई क्षति पुर्याएको थियो जुन सोभियत युगको प्रारम्भिक आधुनिकतावादी भवन हो । स्रोतका अनुसार आक्रमणमा कम्तीमा छ जना घाइते भएका छन् भने एउटा स्वास्थ्य संस्थामा पनि क्षति पुगेको छ ।