२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठपर्वका लागि कुटान पिसान सुरु

अ+ अ-

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरु भएको छ । छठपर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउनका लागि मिथिलाजीहरू आजदेखि कुटान पिसान सुरु गरेका छन् ।

तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान सुरु गर्ने परम्परा रहेका कारण हिजो (आइतबार) तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठपर्वको कुटान पिसान सुरु गरिएको जलेश्वर नगरपालिका-८ की बर्तालु महिला राजवती देवीले बताइन् ।

छठपर्वका लागि मिथिलाका घरघरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइपखाली सुकाएर आजैदेखि चामल र गहुँ कुटान पिसान गरी आँटा तयार गरिने जलेश्वर-८ का अर्का बर्तालु महिला सुमित्रा देवीले बताइन् ।

निकै चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ मिथिलाजीहरूको घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी र जाँतोमा गर्ने परम्परा छ । तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको जलेश्वर-६ की बर्तालु महिला विनीता देवीले बताइन् ।

आजका दिन एकाबिहानै मिथिलाजीहरू आ-आफ्ना घरआँगन वा टोल छिमेकमा भएका ढिकी र जाँतोलाई शुद्ध र सफा पानीले धोएर पवित्र बनाएपछि गहुँ र चामल कुट्ने र पछि पुनः गहुँ र चामललाई धोएर सुकाएर पिध्ने गर्दछन् । यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठपर्वमा भगवान् सूर्य र माता छठदेवीको अर्घ्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरुकियालगायत पकवान तयार गरिने जलेश्वर-२ की बर्तालु महिला कोसिला देवीले बताइन् ।

छठपर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा नै प्रमुख प्रसाद रहने गरेका कारण यसलाई निकै शुद्धता र पवित्रताका साथ कुटान पिसान गरी पकवान तयारीसम्मको काम गरिन्छ । आजदेखि सुरु भएको कुटान पिसानका कारण छठबर्ती निकै उत्साहित र व्यस्त देखिएका छन् भने आजैबाट मिथिलाको घर आँगनमा छठपर्वको चहलपहल पनि बढेको छ ।