२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंग्लोरमा १५ करोड बराबरको नगद र गहना लुटपाटको आरोपमा नेपाली दम्पतीविरुद्ध उजुरी

अ+ अ-

काठमाडौँ। भारतको बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।

विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका छन् ।

बैंग्लोरको पत्रिका डेकन हेराल्डले समाचारमा उल्लेख गरेअनुसार, जैनले घरको लकरबाट ती सामानहरू चोरिएको बताएका छन् र यसमा उनका नेपाली कर्मचारी नवराज र उनकी पत्नी संलग्न रहेको दाबी गरेका छन् ।

उनका अनुसार, नवराजले ६ महिनाअघि सहयोगका रूपमा स्टोरमा काम थालेका थिए । उनलाई बस्ने ठाउँ नभएपछि घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएको उनले भनेका छन् । त्यसक्रममा उनकी श्रीमतीले जैनको घरायसी काममा पनि सहयोग गर्दै आएको समाचारमा भनिएको छ ।

प्रहरीले बताएअनुसार, सामान चोरी भएका बेला जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको थियो । त्यही बेला नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा प्रवेश गरेर चोरी लगेको आरोप लगाइएको छ ।

डेकन हेराल्डका अनुसार, प्रहरीले उनीहरू नेपाल भागिसकेको आशंका गरेको छ । र, प्रहरीको एउटा टोली उनको खोजीका लागि नेपाल आएको भनिएको छ ।