२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाङटाङ यात्रा : जीवनको अविस्मरणीय अनुभव

अ+ अ-

काठमाडौँ । केही दिनको लामो बिदा भयो की पदयात्रामा निस्की हाल्ने हाम्रो टिमको बानी थियो विश्व हेर्न नपाए पनि आफ्नो देश त घुम्नै पर्छ भन्ने सोच सानैदेखि थियो । हुन् त विश्वका एक दर्जन बढी देशको भ्रमण गरेको छु तर शहरी क्षेत्रमा मात्रै । आफ्नै देशको मनाङ मुस्ताङ घुमेपछि भने मलाई कम्तीमा वर्षको एक पटक आफ्नै देशको नयाँ ठाउँ घुम्ने हुटहुटी लाग्थ्यो त्यसैले लामो बिदा या चार्ड पर्वको समयमा कतै घुमौँ भन्ने योजना मनमनै बनाउँदै थिए । तिहारको टिका सकिएसँग घरमा एक्लै बसिरहेको थिए विवेक भान्जाको फोन आयो मामा लाङटाङ पदयात्रामा जाने । मैले नजाने केही तयारी छैन भने भान्जाले केही तयारी चाहिँदैन जुत्ता लुगा भए भई हाल्छ भने मैले जुत्ता छैन भनेपछि अहिले पदयात्रालाई लक्षित गरेर गोल्ड स्टार कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको छ सस्तो पनि छ त्यो भए हुन्छ भने राती अबेर भइसकेको थियो । गोल्ड स्टारको स्वरुममा फोन गरियो खुल्ला रहेछ त्यसपछि रु २३०० मा जुत्ता किनेर इसेवा मार्फत रसुवाको स्याप्रुबेसीसम्मको बस टिकट काटेर कार्तिक १९ गते बिहान लाङटाङ पदयात्रामा जाने कुरा भयो । घरमा कसैलाई भनेको थिइन, घरबाट सजिलै अनुमति पाएपछि अरु के नै चाहियो र !

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रा मार्गमा यो तेस्रो पदयात्रा गन्तव्यका रूपमा चिनिएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ सालमा स्थापना गरिएको हो । १,७१० वर्ग किमि क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा समेटिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा र ५८ प्रजातिका पुतलीलगायत हजारभन्दा बढी प्रजातिका वनस्पति पाइन्छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिम चितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लंगुर, आसामी बाँदर, सेता बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छन् त्यस कारण पनि ती सबैको अवलोकन वन्यजन्तु र वातावरणबारे जानकारी पाउने उद्देश्यले मन प्रफुल्लित भएको थियो । 

हुन् त पैदल हिँड्नु भनेको आफैँले आफैँलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्न विवेक भान्जा सहित हामी ४ जनाको टोली गाडी धादिङको गल्छी भएर अगाडि बढ्यौ । यात्राको क्रममा बाटो कतै ढलान, कतै कच्ची, कतै पक्की ।  तन मन सिरिङ्ग हुने बाटो । काठमाडौँबाट हिँडेको करिब ६ घण्टामा धुन्चे (१९६० मि) पुग्यौँ । धुन्चेबाट करिब सवा घण्टामा हामी स्याफ्रुबेंसी (१५०३ मि) पुग्यौँ । पानी परिरहेकोले प्लास्टीकको छाता ओढेर स्याफ्रुबेशीमा डुनट र चिया खाएर हिँड्यौ बाटोमा लाङटाङ खोला जलविद्युत आयोजना ले २० मेगावाटको बिद्युत्को लागि बाटो बनाएको रहेछ मोटर बाटो भए पनि मोटरचाहिँ नचल्ने आयोजनाका गाडीहरू मात्र चल्ने रहेछन् बास बस्न  हामीलाई ‘ब्याम्वो’ पुग्नु थियो, त्यसैले स्याफ्रुबेंसीमा कत्ति पनि अलमल गरेनौँ । भोटेकोशीमाथिको झोलुङ्गे पुल र लाङटाङ खोलाको पुल तरेर अगाडि बढ्यौँ । 

लाङटाङ खोलासँगै बाटो हिँड्छ, बाटोसँगै खोला, हामी उसैलाई पछ्याउँदै, उसकै सङ्गीत सुन्दै हिँड्छौँ। बुद्ध मन्त्र लेखिएका लुङता फहराइरहेको पहिरो भन्ने ठाउँमा पुग्यौँ । पहिरोमा जाँदा–आउँदा पदयात्रीहरू तथा सहयोगीहरू सुस्ताउने र चिया खाजा खाना खाने ठाउँ रहेछ । हाइड्रोपावर कटेपछि होटेलका आँगन हुँदै हामी चरक्क चर्केको घामसँगै सुनका धर्काधर्की र चाँदीले लेपन गरेका बाटाभरिका ढुंगामा आफ्ना पैताला राख्दै वनैवनको बाटो ब्याम्बो (१९७० मि) पुग्यौँ यो क्षेत्र रेड पाण्डाको बासस्थान पनि रहेछ ।यहाँ तीन वटा होटेल थिए शेर्पा, ब्याम्बो र टिवेटन। हामी टिवेटन र बितायौ यही होटलमा खाना र बाँस बस्यौ प्रतिव्यक्ति १५०० तिर्‍यौँ ।  बिजुली बत्ती छैन, सोलारको धिपिधिपी उज्यालोमा बस्न परेको छ । स्याफ्रुबाट यत्ति नजिक पनि सञ्चार सुविधा टेलिफोन सेवा छैन । टावरै देखाउँदैन, डाटा चल्दैन । मोबाइल चार्ज गर्न कठिन छ । होटेलको साहुजीलाई अनुरोध गरेर वाइफाइ चाहिँ चलाउने सुविधा एकछिन पाएर घरपरिवारसँग कुराकानी भयो । राम्चे (२२२३ मिटर) भीरको एउटा ढुङ्गामा टाँगिएको फोटो देखेर हाम्रा हिँडाइ टक्क रोकियौ फोटोले २०७२ सालको महाभूकम्पको त्रासदी सम्झायो ।

लाङटाङ पदयात्रामा निस्केका इजरायली युवाको भूकम्पसँगै ओइरिएको पहिरोमा ढुङ्गाले किचेर यहीँ मृत्यु भएको रहेछ । उनकै सम्झनामा सो फोटो राखिएको रहेछ । ठाउँ ठाउँमा भेट्टाइने पहेंलपुर ऐंसलुको स्वाद लिँदै अघि बढ्छौ । दुइटा डाँडाका बीचमा अलिकति आफ्नो अनुहार देखाएर मुसुक्क हाँसेको ‘चदाङ पिक’ देख्दा रमायौ । झण्डै ३ घण्टाको हिडाईपछि हामी ब्याम्बोबाट लामा होटेल (२४१०मि) पुग्यौँ। यहाँ १०÷१२ वटा होटेल रहेछन् । पहिले लामा भन्ने व्यक्तिले यता चौँरी पालेर खर्क बनाएर होटेल चलाएकाले यस ठाउँलाई उनकै सम्झनामा ‘लामा होटेल’ भनिएको रहेछ । त्यसबाट पनि हामी अगाडि बढ्यौ रिभर साइड (२७६९ मि.) पुगेर खाना खायौ । 

अघाएको पेट बोकेर हिँड्दा हामी घोडा तबेला पुगियो केही समय आराम गरेपछि हामी अगाडि बढ्यौ झोलामा दिदीले हालिदिएको भाईमसला खादै हाम्रो यात्रा अगाडि बढ्यौ ।  ठाडै उकालो आयो, गलेको जिउलाई झन् गलायो । उकाली ओराली गर्दै थाङसाप भिलेज ( ३२०० मि) पुग्यौँ। यहाँ २÷३ वटा होटेल रहेछन् । हामी तिब्बत होटलमा बास बस्यौ । भोलीपल्टको ब्रेकफास्टपछि फेरी हाम्रो यात्रा निरन्तर अगाडि बढ्यो । चिसो सिरेटो चल्न सुरू गर्‍यो । लाङटाङ पुग्नु अघि म त बेस्सरी थाकेँ, हिँड्नै गाह्रो हुन थाल्यौ पदयात्रा छोडेर फर्कियौ कि जस्तो पनि लाग्यो । मलाई चिसोले समातेको रहेछ । डाँडामा रहेको होटेलवालाले टोपी लाउन, लुगा थप्न सल्लाह दिए । मैले चिसिएको जिउमा लुगा थपेँ, ज्याकेट लाएँ । त्यसपछि अलि आरामको महसुस भयो । त्यही बेला ‘इनर्जी जुस पनि खाए एक गिलास जुसको ३ सय रुपैयाँका पर्दो रहेछ ।  लाङटाङ पुग्नु अघिको एउटा बस्ती ढुङ्गै ढुङ्गाले पुरिएको रहेछ २०७२ सालको भूकम्पको क्षति रहेछ त्यो । भूकम्पसँगै आएको ठूलो हिउँ पहिरोले सिजनको बेला भएकाले धेरै जनधनको नोक्सानी भएको रहेछ । लामो यात्रापछि लाङटाङ भिलेज (३४७५ मि.) पुग्यौ । 

विशेष खालको फलामे चिम्नी चुल्होमा दाउरा हालेर आगो सल्काएपछि कोठा रनक्क तात्यो। त्यसकै वरिपरि बसेर तातो भात खायौँ । तरकारी भने जुन होटलमा पनि आलुकै पाइने वन साग अलिअलि मिसाएको र स्कुसको तरकारी मात्रै पाइने । सबै होटलमा सुकेको याक चौँरीको मासु मात्र पाइने रहेछ ।

यात्रामा भेटिएका सबैले बोन पो धर्म मान्ने यताकाले आफ्नो डाइनिङ हलको एउटा छेउमा बुद्ध धर्म अनुसारको मन्दिर स्थापना गरेका हुँदा रहेछन् ्। सबै ठाउँमा दलाई लामाको फोटो पनि देखिन्थे ।  क्यानजिन गुम्पा (३८५० मि.) तिर निरन्तर अगाडि बढ्यौ । खुटा दुखेर हिँड्न नसक्ने अवस्था थियो तथापि बिस्तारै यात्रालाई निरन्तरता दिईरहयौ ।  बाटामा पानीबाट चलाइएको माने, छोर्तेन, लुङदार र साना गुम्बा देख्दा मनै आनन्दित भयो । ढुङ्गैढुङ्गाको अजङका भिराला पहाड, ढुङ्गाकै लामा लामा छोर्तेनहरू, ढुङ्गै छापेका बाटाहरू, ढुङ्गैले ठडिएका घर र गुम्बाहरू र बाटाभरि फुलेका फूलहरूले हाम्रो प्रफुल्लित थियो । लाङटाङ र क्यानजिनको बीचमा पर्ने दुई वटा मुन्दुम (३२१३ मि) र सिन्दुम (३५५५ मि) लुङता फहराइ रहेका भ्याली काटेर सानो उकालो चढ्ने बित्तिकै क्यानजिनका होटेलहरू र छेउका चौँरी खर्क छयाङ्ग देखिए  ।

क्यानजिन रि (४३५०) चढ्न तयारी थियो तर मलाई सन्चो नभएर मैले चाहिँ चढिन् । यसरी लाङटाङको यात्रा सफलता पूर्व पुरा गरी क्यानजिनबाट हामी एकै दिनमा स्याफ्रुबेसी पुग्न सक्दैन्थ्यौं । बीचमा कहीँ न कहीँ बास बस्नै पर्ने थियो । हिजो अस्ति हिँडेका बाटाहरूसँग फेरि पिरती गाँस्दै लामा होटेलमै बास बसियो । लामा होटेलबाट हिँडेर बाटा, जङ्गल र लाङटाङ खोलासँग अन्तरङ्ग गर्दै स्याफ्रुबेंसी आइपुग्यौँ । स्याफ्रु बजार घुम्यौँ । अविस्मरणीय लाङटाङ, क्यानजिन भ्याली र क्यानजिन रिको सम्झना बोकेर आठौँ दिनको दिन काठमाडौँ आई पुग्यौ ।

लाङटाङ पदयात्रामा बाटाभरि कहिले इजरायली, कहिले क्यानेडियन, न्युजिल्याण्डवासी, जापानी, भारतीय र इन्डोनेसियन, अझ बढी त इटालियन, कोरियन कोही एकल, कोही जोडी, कोही गाइड र सहयोगीका हिडीरहेका भेटिन्थे । म सबैजसोलाई दुई हात जोडेर नमस्ते भन्थेँ। मुसुक्क हाँसेर उनीहरू पनि नमस्ते भन्थे। दुःख त भयो, गाह्रो त भयो तर घरै बसेको भए यो भू स्वर्ग, यो हिमाली जनजीवन, यहाँको संस्कृति, यहाँको भू-बनोट, कहाँ देखिनु र कहाँ भोग्न पाउनु बाटो सम्झिँदा कष्टकर लागे पनि यात्राको क्रममा नयाँ कुरा देख्न भोग्न र सिक्न पाउने हुनाले यात्रा सकिने बित्तिकै मान्छेले आनन्दको अनुभूति गर्छ जीवनमा एक पटक यात्रा गर्ने पर्ने गन्तव्य हो लाङटाङ ।