१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छ’ : नेता आङदेम्बे

अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताएका छन् ।

सरकारका कतिपय कदमले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् नगरेको पाइएको उनले बताए । 

नेपाली काँग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज पाँचथरको फिदिममा आयोजित काँग्रेस प्रदेशसभा क्षेत्र नं १ र २ को अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस संसदीय दलका नेता आङदेम्बेले प्रहरी पनि कानुनको कार्यान्वयन गर्ने निकायभन्दा आदेश पालक जस्तो भएको टिप्पणी गरे ।

पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई मध्यरातमा पक्राउ गर्ने काम लोकतान्त्रिक नभएको बताउँदै नेता आङदेम्बेले राणालाई पक्राउ गर्ने र छोड्ने कुरा केटाकेटी खेलजस्तै भएको टिप्पणी गरे । पूर्वप्रधान न्यायाधीश राणालाई राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई समेत भेट्न नदिने र नियन्त्रणमा राख्नुको कारण स्पष्ट पार्न उहाँले सरकारसँग माग गरे ।

“हामीले सरकार पाँच वर्ष नै चलोस् भन्ने चाहेका छौँ । लोकतन्त्रप्रति, दलहरूप्रति नागरिकको भरोसा नटुटोस् भन्न चाहेका छौँ”, नेता आङ्देम्बेले भने । नेता आङदेम्बेले काँग्रेसमा १३ हजारभन्दा बढी युवाहरू एकै पटक सामेल भएको बताउँदै जेन जेड पुस्ताका युवाहरू वडादेखि केन्द्रसम्म पाँच तहमा नेतृत्व तहमा पुगेर नवीन काँग्रेस निर्माण भएको बताए । उनले अब काँग्रेसमा प्यानल खडा नहुने बताए । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार केरुङले सरकारको कार्यशैलीको आलोचना गर्दै काँग्रेसले संसद् र बाहिरबाट सरकारलाई सकारात्मक सहयोग गर्दै आएको बताए । 

पाँचथरमा जारी काँग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट ३४ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने काँग्रेस पाँचथरका सचिव दीपक नेपालले जानकारी दिए ।

0 Comments