२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण विसं २०८२ असार ५ देखि ८ गते सम्म  हुने भएको छ । 

अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायतका विधाका चलचित्र देखाइने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिए । 

उनले भने, “नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रलाई उच्च प्राथमिकतामा राखेका छौँ । सबै दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको अनुभूति गराउने विश्वास लिएका छौँ ।”

मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ ले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी संलग्न समितिले आवेदन परेकामध्येबाट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने र महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला हुने आयोजकले जनाएको छ ।