९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुराको स्वामीकार्तिकमा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न माओवादीको निर्देशन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएको छ ।

स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएर राजुकुमारी विश्वकर्मासहितका नेताले एमालेकी सुलोचना भण्डारी बुढालाई मत मागिरहेका बेला माओवादी केन्द्रले एकीकृत समाजवादीकी उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिएको हो ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले बुधबार जिल्ला इन्चार्ज, संयोजकसहित जिल्ला समन्वय समिति, नगर समिति र गाउँ समितिका नाममा एकीकृत समाजवादीकी उम्मेदवार शाहीलाई मतदान गर्न निर्देशन जारी गरेका छन् ।

केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने र एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गरेर जाने सहमति भएका कारण १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई समर्थन गर्दै मतदान गर्न माओवादीले भनेको छ । पार्टीको स्वामीकार्तिक खापर गाउँ कमिटीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने र मत हाल्ने भनी गरेको निर्देशन पार्टीको केन्द्रीय नीति र निर्देशन विपरीत भएको समेत पोखरेलले जनाएका छन् ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले पार्टी केन्द्रको नीतिअनुसार स्वामीकार्तिकमा एकीकृत समाजवादीका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिइएको बताउँदै त्यसको पालना नगर्ने जोसुकैलाई अनुशासनको कारबाही हुने बताए ।

स्वामीकार्तिकमा माओवादीको गाउँ कमिटीले एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि मतभेद सिर्जना भएको थियो । माओवादीको गाउँ कमिटीले भने २०८४ को चुनावमा वाम गठबन्धन गर्ने सहमतिका आधारमा उपनिर्वाचनमा एमालेलाई समर्थन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस