६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ । अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत युरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च युरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अस्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गरेका थिए । 

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि युरोप र अस्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिए । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए । 

विगतमा टुटफुटलगायत विभिन्न कारणले कमजोर बन्न पुगेको माओवादी आन्दोलनमा पुनः जागरण सुरु भएको उल्लेख गर्दै उनले अहिले लाखौं युवाहरू प्रवासमा रहेकाले उनीहरूलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्न सक्ने वातावरणको सिर्जना गर्न पार्टीका प्रवास समितिहरू लाग्नुपर्ने बताए । 

देश सधैँ एउटै अवस्थामा नरहने र बिस्तारै युवाहरू बिदेसिनुपर्ने बाध्यता कम हुँदै जाने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डामा निरन्तर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस