काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पोखरा एभेन्जर्ससँगको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर फिल्डिङ रोजेको छ ।
अहिले केही बेरपछि त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलका लागि काठमाडौँका कप्तान करण केसीले टस जितेर फिल्डिङ रोजेका हुन् ।
अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौँ गुर्खाज भन्दा पोखरा एक स्थान पछाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको ४र४ समान अंक छ। प्लेअफमा पुग्न यी दुई टोलीलाई आजको खेल महत्त्वपूर्ण हुनेछ ।







