काठमाडौँ । पूर्वएमाले नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा भित्रिन तत्पर देखिएका छन् । एकीकृत समाजवादीले उनलाई भित्र्याउन पहल गर्ने निर्णय गरेसँगै उनले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
आज बसेको पार्टी स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय गरे लगत्तै गौतमले आफू तयार रहेको बताएका छन् ।
बुझिएअनुसार गौतमलाई एकीकृत समाजवादीमा ‘वरिष्ठ नेता’ पद दिने समझदारी छ । उनी अध्यक्ष माधव नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन् । नेकपा एसको विधानमै ‘वरिष्ठ नेता’ को व्यवस्था छ ।