काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ ।
पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविद्ले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ ।
यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।