७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा पहिलो पटक एथलेटिक्स तथा रेफ्रि प्रशिक्षण तालिम

अ+ अ-

डोटी । डोटीको दिपायलमा पहिलो पटक एथलेटिक्स तथा रेफ्रि प्रशिक्षण तालिमको आयोजना गरिएको छ । 

खेलाडी तथा प्रशिक्षकहरूलाई खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्न सहजता होस भन्ने हेतुले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् धनगढीको प्रवर्द्धन तथा जिल्ला खेलकुद समिति डोटीको आयोजनामा सुदूरपश्चिम प्रदेशमै पहिलो पटक तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

एथलेटिक्स प्रशिक्षण तथा रेफ्रि तालिमको बुधवार समापन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खड्काले सहभागी प्रशिक्षार्थीहरुले आ-आफ्नो क्षेत्रमा रहेका युवाहरूलाई खेलकुदमा जोड्नु पर्ने र यस क्षेत्रको गौरवमय इतिहासलाई खेलकुद मार्फत उचाइमा राख्न आवश्यक रहेको बताए । 

तालिमको प्रशिक्षक राष्ट्रिय खेलकुद परिषद्का एथलेटिक्स प्रशिक्षक धनी राम चौधरी रहेका थिए । प्रशिक्षक चौधरीले कार्यक्रममा बोल्दै खेलाडी तथा प्रशिक्षकहरूले खेलकुदका नियमहरूको बारेमा पूर्ण रूपमा जानकारी हुन आवश्यक रहेको बताए । तालिममा सिकेका कुराहरूलाई सही रूपमा प्रयोगमा ल्याउन समेत प्रशिक्षार्थीहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले जग बलियो भयो भने मात्र घर बलियो हुने भन्दै खेलकुदका लागि प्रशिक्षक तथा खेलाडीहरूलाई नियम कानुनको बारेमा सुरुमा जानकारी हुन आवश्यक रहेको बताए । अध्यक्ष शाहीले खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले तालिमको आयोजना गरिएको र आगामी दिनमा प्रत्येक पालिकाले समेत यस्ता किसिमका तालिमको आयोजना गर्नुपर्ने बताए । तालिमले सुदूरपश्चिम क्षेत्रको खेलकुद विकासको लागि महत्त्वपूर्ण टेवा पुग्ने उनले बताए ।

पुस ४ गते देखि १० गतेसम्म सञ्चालन गरिएको तालिममा २३ जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट एक/एक जना, डोटीका नौ वटै स्थानीय तहबाट एक/एक जना तथा डोटी जिल्ला खेलकुद समितिको तर्फबाट पाँच जना स्वयंसेवक प्रशिक्षक सहित २३ जनाको सहभागिता रहेको डोटी जिल्ला खेलकुद समितिले जनाएको छ । एथलेटिक्स तथा रेफ्रि प्रशिक्षक तालिम सुदूरपश्चिम प्रदेशमै पहिलो पटक आयोजना गरिएको हो । 

प्रतिक्रिया दिनुहोस