काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विभिन्न प्राविधिक पदमा करार सेवामार्फत कर्मचारी माग गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै इलेक्ट्रिकल, सिभिल, कन्ट्रयाक्ट इन्जिनियरिङतर्फका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले प्रबन्धक, उप-प्रबन्धक र वरिष्ठ इन्जिनियर पदमा गरी कुल ७ जना कर्मचारी माग गरेको छ ।
सूचनाअनुसार इलेक्ट्रिकलतर्फ प्रबन्धक १ जना, सिभिलतर्फ उप-प्रबन्धक १ जना, इलेक्ट्रिकलतर्फ वरिष्ठ इन्जिनियर ३ जना, सिभिलतर्फ वरिष्ठ इन्जिनियर १ जना र कन्ट्रयाक्टतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरिएको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र दरखास्त दिन सक्नेछन् । सार्वजनिक बिदा परेमा सो बिदापछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयमा दरखास्त बुझाउन सकिने कम्पनीले जनाएको छ ।
हेर्नुहोस् सूचना :







