७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनका क्षेत्रमा प्राप्त उपलब्धि कार्यान्वयनमा ध्यान केन्द्रित : वनमन्त्री शाही

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको क्षेत्रमा मुलुकले पैरवी गरी प्राप्त उपलब्धि कार्यान्वयन गर्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रित भएको बताएका छन् । 

मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औं विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रममा उनले उक्त उपलब्धि कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र संस्थागत सुधारका लागि पहल गरिसकेको बताए । मन्त्री शाहीले जलवायु सङ्कटसँग जुध्न कुनै एक देश वा समुदायले मात्र सम्भव नरहेको बताए । 

“यस्तो अवस्थामा, जलवायु परिवर्तनले हामीलाई पारिरहेको गम्भीर असर र हाम्रो देशले लिन सक्ने लाभका बारेमा विश्वको ध्यान आकृष्ट गर्न कोप-२९ मा नेपाली प्रतिनिधीमण्डल सफल भएको हाम्रो बुझाई छ,” उनले भने, “जलवायु परिवर्तनमा पर्वतीय क्षेत्रका विषयहरू समेटिनु पर्दछ भन्ने छलफलको नेतृत्व गर्न हामी सफल भएका छौँ ।”

सम्मेलनको दौरानमा नेपालमा जलवायु अनुकुलनका लागि आवश्यक सहयोग जुटाउने प्रकृयाका लागि “राष्ट्रिय प्रकृति संरक्षण कोष” संयुक्त राष्ट्र संघअन्तर्गतको अनुकूलन कोषको कार्यान्वयन गर्ने संस्थाका रूपमा सूचिकृत हुनु अर्को सफलता भएको उनले बताए ।

मन्त्री शाहीले सन् २०२५ मा बुझाउने २०३५ सम्मका लक्ष्यहरुसहितका नयाँ ‘एनडिसी’ बनाउने प्रक्रिया मन्त्रालयले अघि बढाइरहेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितासहित सगरमाथा संवाद आयोजनाको तयारी गरिरहेको जानकारी गराए । 

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धीका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन गत कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म अजरबैजानको बाकुमा भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस